पदाधिकारी

सुरेश राउत graphic

सुरेश राउत

स्थानीय विकास अधिकारी

पढ्नुहोस..

राम सेबक साह graphic

राम सेबक साह

लेखा अधिकृत

पढ्नुहोस..

संक्षिप्त परिचय

-सिराहा जिल्ला नेपालको पूर्वाञ्चल विकास क्षेत्रको सगरमाथा अञ्चलमा पूर्वीभागको दक्षिणी सिमानामा रहेको जिल्ला हो। यो जिल्लाको पूर्वमा सप्तरी जिल्ला (बलान नदी), पश्चिममा धनुषा जिल्ला (कमला नदी), उत्तरमा उदयपुर जिल्ला (चुरे पहाड) तथा दक्षिणमा भारतको बिहार प्रदेश पर्दछन। सिराहा जिल्ला सगरमाथा अञ्चलको सबैभन्दा कम क्षेत्रफल र बढी जनघनत्व भएको जिल्ला हो। यहाँ प्राकृतिक रूपमा उत्तरी भेगमा उच्च, पाखो जमीन बढी छ भने दक्षिणी भेगमा होचो र समथर जमीन बढी छ। यस जिल्लालाई ७६ गाविसहरू, ४ नगरपालिका, जिल्ला विकास समितिमा क्षेत्रीय सदस्य प्रतिनिधित्वको लागि १७ इलाका र ५ पाँच निर्वाचन क्षेत्रमा विभाजन गरिएको छ।यस्को भौगालिक अवस्था हेर्नु पर्दा जिल्लाको क्षेत्रफल: १,२२८ वर्ग किलोमिटर, अक्षांश: २६ डिग्री ३३" देखि २६ डिग्री ५५" उत्तर, देशान्तरः ८६ डिग्री ६" देखि ८६ डिग्री २६" पूर्व, उचाई: समुन्द्री सतह देखि ७६ मिटर देखि ८८५ मिटर सम्म, औषत लम्बाई: ४२.४ किलोमिटर, जिल्ला सदरमुकाम: सिरहा, रहेको छ |
थप पढ्नुहोस्
Skip to toolbar